Logo

आचार्यको अर्को फड्को- महत्त्वपूर्ण अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित ।



Spread the love

अन्तर्राष्ट्रिय अकुपेसनल हाइजिन एसोसिएसन (IOHA)ले सामाजिक अभियन्ता एवं श्रमिक अधिकारकर्मी तथा साहित्यकार श्री होमराज आचार्यलाई फर्स्ट ग्लोबल कोलाबोरेसन पुरस्कारबाट सम्मान गरेको छ । यही सेप्टेम्बर महिनाको २६ तारिखका दिन वासिङ्टन, डी. सी. मा आयोजना गरिएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मलेनबीच वहाँ सम्मानित हुनुभएको हो । यो सम्मान आचार्य लगायत ग्लोबल फेअरनेस इनिसिएटिभ, वर्क प्लेस विथआउट बोर्डेर्स र काठमाडौँ युनिभर्सिटीलाई संयुक्तरुपमा प्रदान गरिएको हो ।

३५ देशका विभिन्न संस्थाका करिब २०,००० सदस्य रहेको IOHAले यो पुरस्कार पहिलो पल्ट दिएको हो र अब प्रतीक दुइदुइ वर्षमा यो पुरस्कार कामदारको सुरक्षा सम्बन्धमा बृहत् समन्वयकारी भूमिका खेल्ने संस्था र अभियन्ताहरूलाई निरन्तररुपमा दिइने छ । पुरस्कार स्थापनको उद्घाटनमै आफूले गरेको काम छानिएकोले निकै खुसी लागेको कुरा होमराज आचार्यले बताए । यसबाट आफूलाई अझै हौसला मिलेको उनले खोले ।

नेपालमा बाल, एवं बाध्य कारी श्रमको अन्त्य गर्ने, जलवायु परिवर्तन र तेस्को प्रभावका बारे समाजलाई सचेत बनाउने, मानव मैत्री विकासका पक्षमा वकालत गर्ने, शिक्षा, स्वास्थ्य, शान्ति, सुरक्षा र संवृद्धिमा जनताको गुणस्तरीय पहुँच पुर्‍याउनु पर्ने जस्ता अभियानमा आचार्य वर्षौँ देखि जुटिरहेका छन् । सरकार, नागरिक समूह, निजी क्षेत्र एवं श्रमिकहरूलाई यौटै टेबलमा ल्याई सन्तुलित सार्वजनिक नीतिको वकालत गर्ने आचार्यले बजार र उपभोक्ता उत्तरदायी नभएसम्म समाजमा परिवर्तन आउन अप्ठेरो हुन्छ भनी ठोकुवा गर्छन् । श्रमिक मैत्री उद्योग र उद्योग मैत्री नीति; सचेत उपभोक्ता र उत्तरदायी उद्मी अभियान पनि उनले सुरु गरेका हुन् । यसलाई उनी सन्तुलित विकासको मोडेल भन्छन् । यो सन्तुलित विकाशको मोडेल भित्र एक्काइसौँ शताब्दीको विकास आवश्यकता रहेको छ । यो नाङ्गो आँखाले देखिने कुरा होइन त्यसैले आँखाको हेर्ने तरिकामा समेत परिवर्तन चाहिन्छ । असल विकासको अन्तर्य समुदायको अस्तित्त्वसंग जोडिएको हुन्छ । धेरैले यो कुरा नबुझनेमात्रै हैन, उनीहरूको सोंचमासमेत पर्दैन, आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस्