१४ असोज, न्यूयोर्क- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ढिलोमा आठ वर्षभित्र भारत र चीनबाट काठमाडौंमा रेल आउने बताएका छन् । त्यसपछि नेपाल दुई छिमेकी मुलुकको व्यापारिक केन्द्र बन्ने उनको दावी रहेको छ ।
संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क पुगेका मन्त्री ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । ज्ञवालीले चीनसँग सबै व्यापारिक नाका खोल्ने र भारतसँग जलमार्गका लागि पहिलो चरणमा नारायणी र दोस्रो चरणमा कोशी नदीमा सम्भाव्यता अध्ययन हुने जानकारी पनि दिए ।
प्रतिक्रिया दिनुहोस्