Logo

निर्मला पन्त प्रकरणः ‘नेगेटिभ’ अायो एसपी विष्टसहित तीनै जनाको डीएनए



Spread the love

१४ असोज, काठमाडाैं – निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको डिएनए रिपोर्ट सार्वजनिक भएको छ । निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनै जनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको हो ।

तर तीनैजनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेरबहादुर कठायतले तीनै जनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएको बताए । एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिएपनि तीनैजनाको डीएनए रिपोर्ट मेल नखाएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । कञ्चनपुरका बासिन्दाले शुरुदेखिनै एसपी विष्टका छोरा किरण र मेयरका भतिजा आयुषमाथि छानविन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्