Logo

निर्णय नसच्याए कालो मोसो दल्छौ : नेविसंघ सभापति क्षेत्री



Spread the love

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघले आफ्नो माग पूरा नभए जुत्ताको माला र कालो मोसो दल्ने चेतावनी दिएको छ ।

सल्लेरी खबर सँग कुरा गर्दै लुम्बिनी वाणिज्य क्याम्पसका नेविसंघ इकाई सभापति सुरज क्षेत्रीले जुत्ताको माला र कालो मोसो दल्ने चेतावनी दिएका हुन् । साथै नेविसंघले कडा शब्दमा विज्ञप्ति समेत निकालेको छ ।

क्याम्पस प्रशासनले नयाँ नियुक्त गरिएका ११ जना शिक्षक, कर्मचारीहरू नातावाद, कृपावाद र भनसुनका आधारमा नियुक्त गरेको आरोप लगाउँदै नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

यही असोज १० गते लुम्बिनी वाणिज्य क्याम्पसमा नेविसंघले इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले क्याम्पस प्रमुखको कुर्ची, टेबलमा र स्कार्पियो गाडीमा तोडफोड र आगजनी गरेको थियो । साथै १२ गते क्याम्पसमा ताला लगाएको थियो तर पूर्व एमाले निकट अनेरास्ववियुले १ घण्टा नबित्दै फुटालेको थियो । अनेरास्ववियुले ११ गतेको घटनाको भर्सना गरेको थियो भने क्याम्पस माथि आगजनी गर्नेलाई नछाड्ने चेतावनी समेत दिएको थियो ।

आज १४ गते नेविसंघका सभापति सुरज क्षेत्री, किशोर खनाल, धनराज कंडेल लगायतलाई प्रहरीले क्याम्पस तोडफोड र आगजनीको आरोपमा पक्राउ गरेको थियो । तर क्याम्पस प्रशासनले आधिकारिक रूपमा मुद्दा दर्ता नगरेकोले प्रहरीले १ घण्टा नबित्दै रिहा गरेको छ । रिहा भइसकेपछि सल्लेरी खबर सँग कुरा गर्दै सभापति क्षेत्रीले अनेरास्ववियुले षड्यन्त्र गरेर आफूहरूलाई पक्राउ गर्न लगाएको आरोप लगाएका छन् ।

क्याम्पसमा दिनहुँ भइरहेको राजनीतिक खिचातानीले विद्यार्थीको पढाई समस्या देखिएको छ भने स्थानीय बासिन्दा समेत त्रसित छन् ।

यी पनि पढ्नुहोस ।

-> नेविसंघले लगाएको ताला अनेरास्ववियूले १ घण्टा नबित्दै फुटायो

->

बाघ सुतेको बेला स्याल कराउनु स्वाभाविक हो : ने.बि.संघ सभापति क्षेत्री

->

लुम्बिनी क्याम्पसले मनपरी गरेको भन्दै नेविसंघद्वारा आगजनी र तोडफोड

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्