Logo

हत्यापछि फिरौतीकाे माग



Spread the love

१५ असोज मोरङ – विराटनगर असोज ७ ह्युम पाइपभित्र भेटिएको शव विराटनगर–१७ का मोहम्मद अस्फाकको भएको र उनको अपहरणपछि फिरौतीका कारण हत्या भएको समेत प्रहरीले जनाएको छ । विराटनगरको वडानम्बर १४ र १७ को सिमानामा रहेको पैनीमा अवस्थित पाइपभित्र सडेगलेको अवस्थामा शव भेटिएको एकसातापछि प्रहरीले घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गर्दै मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिएका छन् । असोज १ गतेबाट हराएका अस्फाकलाई सोही ठाउँका २० वर्षीय मोहम्मद सद्दिफ हुसैन र २१ वर्षीय मोहम्मद आरिफले टाउकोमा ढुंगा प्रहार गरि हत्या गरेको अनुसन्धानको क्रममा खुलेको छ । हत्या गरिसकेपछि शव लुकाएर अभियुक्तद्वयले पटक–पटक मृतकका अभिभावकसँग मोबाइलमा म्यासेज पठाएर फिरौतीसमेत मागेको प्रहरीले जनाएको छ । ५० लाखबाट सुरु भएको फिरौतीको बार्गेनिङ अन्तिममा ५ लाखसम्म पुगेको प्रहरीले जानकारी दिएका छन् । मृतक अस्फाक स्थानीय विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी थिए ।

प्रतिक्रिया दिनुहोस्