Logo

जबर्जस्तीकरणी गरी फरार रहेका एक युवक वर्षदिनपछि पक्राउ



Spread the love

१५ असोज तेह्रथुम – तेह्रथुममा १५ वर्षीय बालिकालाई जबर्जस्तीकरणी गरी फरार रहेका एक युवक पक्राउ परेका छन् । बालिकालाई पटक–पटक जबर्जस्तीकरणी गरी फरार रहेका लालीगुराँस नगरपालिका – ३ का ५४ वर्षीय शंकर थापालाई प्रहरीले पक्राउ गरेको हो । गएको वर्ष असोज २७ गते बालिकालाई करणी गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यस पछी थापा फरार रहेका थिए । थापालाई सिआईबीको सहयोगमा काठमाडौंको गौशालाबाट असोज १२ गते पक्राउ गरी आइतबार जिल्ला अदालत तेह्रथुममा उपस्थित गराइएको तेह्रथुमका प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले बातएका छन् । थापाविरुद्ध जबरजस्ती करणी अपराधमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्