Logo

क्याटलोनियाली जनताद्वारा सडक र रेलमार्ग अवरुद्ध



Spread the love

१५ असोज, बार्सिलोना – स्पेनको क्याटलेनियाको स्वतन्त्रताको पक्षमा सङ्घर्षरत पृथकतावादीहरूले सडक तथा रेलमार्ग अवरुद्ध गरेर सोमबार विरोध जनाएका छन् ।

उनीहरूले मुख्य मुख्य सडकहरू र उच्च गतिको रेल सेवा सञ्चालन हुने रेलमार्गमा पनि अवरोध गरेको समाचारमा जनाइएको छ ।
“सबै कुरा अक्टोबर १ देखि सुरु हुन्छ र विवाद फर्केर अक्टोबर १ मै पुग्छ,” क्षेत्रीय पृथकतावादी अध्यक्ष क्विम टोराले भने ।
उनले सम्वोधन गरेको क्याटलोनियाको उत्तरी क्षेत्रमा पर्ने सान्त जुलिया डे रामिसमा आयोजित समारोहको मञ्चमा राखिएको “सेतो र कालो व्यानरमा नभुलौँ नभुलौँ” लेखिएको थियो ।

गिरोनामा पर्ने झण्डै दश किलोमिटर सडकमा र रेलमार्गमा हजारौँ अधिकारवादीहरूले अवरोध सिर्जना गरेका थिए ।
उनीहरूले झण्डै तीन घण्टा अवरोध गरेका थिए भने उनीहरूको अवरोधका कारण फिगुरेज, गिरोना र बार्सिलोनामा प्रभाव परेको थियो ।

प्रतिक्रिया दिनुहोस्