Logo

पूर्व राष्ट्रपति पार्कको कैँद म्याद थप



Spread the love

१५ असोज, दक्षिण कोरिया – दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपतिको कैँद समयलाई अनुसन्धानका लागि आगामी डिसेम्बर १६ सम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

उनीमाथि लगाइएको भ्रष्टाचार आरोपमाथिको सुनुवाईलाई विचाराधिन अवस्थामा राख्दै कैँद समयलाई बढाइएको हो ।

उनलाई विभिन्न भ्रष्टाचार आरोपमा महाअभियोग लगाईएको थियो भने त्यहाँको संवैधानिक अदालतको निर्णयमा उनलाई गत वर्ष मार्चको अन्त्यमा जिम्मेवारीबाट हटाइएको थियो ।

उनलाई सिओलको पुनरावेदन अदालतले लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेका साथी चोई सुन–सिलको प्रभावमा परी भ्रष्टाचार गरेको अभियोगमा २५ वर्ष जेल सजाय तोकिएको थियो ।

उनको मुद्दामा सर्वोच्च अदालतले उनीविरुद्ध दुई पटक पक्राउ पूर्जी जारी गर्दै अनुसन्धानका लागि म्याद थप गरेको थियो ।

पार्क र चोइले पदीय मर्यादा विपरित सामसुङ कम्पनीसँग ६ करोड ६० लाख अमेरिकी डलर बराबरको रकम चोइका दुई संस्थालाई चन्दा दिन दबाब दिएको लगायतका आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्