Logo

विद्यार्थीको एक समूहद्वारा शिक्षाध्यक्षमाथि दुर्व्यवहार



Spread the love

१५ असोज, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुरमा विद्यार्थीको एक समूहले तोडफोड गरी शिक्षाध्यक्ष प्रा डा. सुधा त्रिपाठीमाथि दुर्व्यवहार गरेको छ ।

अपराह्न १ः३० बजे शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागि समय उपलब्ध नगराएको भन्दै कार्यालय तोडफोड गर्नाका साथै शिक्षाध्यक्ष कार्यालयमा कार्यरत कर्मचारी समेतलाई त्रसित पारेको शिक्षाध्यक्षको कार्यालयका प्रमुख निर्मल मिश्रले जानकारी दिए । तोडफोडका कारण दुईवटा कुर्सी र टेबलमा क्षति पुगेको छ ।

शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा उपस्थिति हुनुपर्ने अवस्थाका कारण तत्काल समय व्यवस्थापन गर्न कठिन रहेको जानकारी गराउँदागराउँदै पनि ८/१० जना विद्यार्थीले उनलाई दुर्व्यवहार गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्