Logo

गुल्मीमा कृषकहरूलाई ६० प्रतिशत ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न



Spread the love

गुल्मी असोज १५ –(सल्लेरी खबर) गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले वित्तीय संस्थाहरूले उत्पादनमुखी व्यावसायिक क्षेत्रहरूमा लगानी युवाहरूलाई स्वरोजारमुखी बनाउनुपर्ने बताउनुभएको छ ।आज सदरमुकाम तम्घासमा मैत्री बहुउद्देश्य सहकारी संघ गुल्मीले आयोजना गरेको कृषकहरूलाई ६० प्रतिशत ब्याज अनुदान वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । यस खालका वित्तीय संस्थाहरूले बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउन कृषि,पशुपालन क्षेत्रमा लगानी गदै प्रशस्त मात्रामा रोजगारका अवसरहरू सृजना गरी विदेशीने युवाहरूलाई पनि स्वदेशमै स्वरोजार प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

युवा स्वरोजार कोर्स गुल्मीका सचिव जीवन ज्ञवालीले स्वरोजगार कोर्सबाट लगानी भएको रकम नियमित रूपमा ६० प्रतिशत ब्याज अनुदान प्रक्रियालाई निरन्तरता दिने बताउनुभयो ।साथै उहाँले जिल्लामा भएको लगानीका बारेमा तथा संस्थाले प्रदान गर्ने सेवा सुविधाका विषयमा जानकारी गराउनुभएको थियो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,युवा तथा साना व्यवसायी स्वरोजार कोर्सबाट लगानी भएको उक्त संस्थाले आज एक कार्यक्रमका बिच जिल्लाका २८ जना व्यावसायिक कृषकहरूलाई ३ लाख ३८ हजार १ सय रुपैयाँ ब्याज अनुदानमा वितरण गरेको छ ।

मैत्री बहुउद्देश्य सहकारी संस्थाका सदस्य गोपाल सुनारको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । भने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेय,कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रापाणिँ पन्थी,युवा स्वरोजार कोषका सचिव जीवन ज्ञवाली लगायतको विशेष आतिथ्यता रहेको थियो ।संस्थाका व्यवस्थापक अर्जुन प्रसाद अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन घनश्याम मरासीनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्