Logo

अरिङ्गालले टोक्दा एकको मृत्‍यु



Spread the love

१६ असोज भेरी – भेरी नगरपालिका –१२ धारापानी निवासी ३६ वर्षीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका तिलक विकको अरिङ्गालले टोक्दा सोमबार मृत्यु भएको छ । स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उनलाई टोकेको र उपचारको अभाबमा मृत्‍यु भयको जानकारी दिएका छन् । अन्य साथीले भागेर ज्यान जोगाए पनि भाग्न नसक्दा उनीमाथि अरिङ्गाल खनिएका थियो । गम्भीर बिरामी परेका उनलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको स्थानीय निर्मित प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्