Logo

फेसबुकमा लाइभ देखाउँदै आत्महत्या



Spread the love

१६ असोज चितवन – चितवन कालिका नगरपालिका –७ का निश्चल तामाङले सामाजिक सञ्जाल फेसबुकमा लाइभ देखाउँदै आत्महत्या गरेका छन् । उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको भेटिएको र उनको पोष्टमार्टमपछि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए । उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर त्यसवेला उनको त्यो स्टाटसलाई गम्भीरताका साथ कसैले लिएका थिएनन् । आफ्नो जिन्दगीबाट आजित भएको बताएका छन् । लामो फेसबुक लाइभ क्रममा थुप्रै भिजिटरहरु त्यहाँ जोटिए पनि मध्यरात भयको कारण उनलाई कसैले पनि बचाउन सकेनन् । द्यपि उनी अाफ्नो निर्णयबाट पछि हटेनन् आत्महत्या गरी छाडे ।

प्रतिक्रिया दिनुहोस्