Logo

ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्र निर्माणका धरोहरका रुपमा लिन राष्ट्रपतिकाे आग्रह



Spread the love

१६ असोज काठमाडौं – राष्ट्रपति कार्यालयद्वारा २८औं ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा रहेका ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माण गर्न सकिने बताइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकलाई दया र मायाका पात्रबाट होइन ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान सीप र अनुभवलाई राष्ट्र निर्माणका धरोहरका रुपमा लिन आग्रह गर्दै सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा विशेष ध्यान जोड दिनुपर्ने बताइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजका कला, साहित्य, राजनीति, पत्रकारिता, प्रशासन, चिकित्सा, इतिहास, वैदेशिक मामिलालगायत क्षेत्रका अग्रणी ज्येष्ठ नागरिकसित भलाकुसारीसमेत गरिन् । कार्यक्रममा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइराला, वरिष्ठ साहित्यकार वैरागी काइँला, तारानाथ शर्मालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्