Logo

जीप दुर्घटना हुँदा १३ घाइते : घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर !



Spread the love

१६ असोज अर्घाखाचीमा – अर्घाखाचीको शितगंगा नगरपालिका –२ सितापुरको फलाचौर मोडमा मालारानी गाँउपालिका ६ हंशपुर काफलठुटाबाट नवलपरासी त्रिवेणीमा आफन्तको दाहसंस्कार गरि फर्कने क्रममा फलाचौर मोडमा लु १ ज २३६९ नम्बरको जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाइ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि बुटवल पठाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक कमल परियारले बताएका छन् । मालारानी ६ काफलठुटाका अन्दाजी ८८ वर्षका ज्ञानधर पुनको निधन पछि अन्तिम दाहसंस्कारको निम्ती नवलपरासी त्रिवेणी पुगेर फर्कंदा बिहान ४ बजे जीप दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्