Logo

१७ वर्षपछि बजार अनुगमन !!!



Spread the love

१६ असोज, परासी – पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारसँगै जोडिएको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन भएको छ ।

रामग्राम नगरपालिका– ६ र १० मा पर्ने ती बजारमा यति लामो समयपछि अनुगमन गरिएको हो । यसअघिका अनुगमन शहर बजार केन्द्रीत हुँदा सो स्थानमा अनुगमन नै नभएको स्थानीय व्यवसायीले बताएका थिए ।

संयुक्त बजार अनुगमन समितिले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा अखाद्य पदार्थ फेला पारी त्यसलार्इ जफत गरेको छ । दर्ता बिनानै केहि पसल सञ्चालनमा रहेको देखिएकाले त्यसलाई पहिलो पटकका लागि दर्ता गर्ने शर्तमा छोडिएको बताइएको छ ।

बजार अनुगमन निरीक्षक एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले किराना तथा कोल्ड ड्रिङक्स् पाँचवटा, रेष्टुरेन्ट तथा मिष्ठान भण्डार ३, मासु र टेलरिङ पसल एक/एक वटामा अनुगमन गरिएको जानकारी दिए ।

अनुगमनका क्रममा म्याद नाघेको अवस्थामा बिक्रीका लागि राखिएको ९० लिटर कोल्ड ड्रिङक्स् र रेडबुल चारबट्टा जफत गरी तत्कालै नष्ट गरिएको छ, भने लेभल नभएका छोकडा २० केजी, नरिवल साढे १२ केजी, टिमुर पाँच केजी, समोसा पाउरोटी पाँच प्याकेट, किसमिस २ सय ग्राम तथा अखाद्य भारतीय चक्र र जय भारत ब्राण्डको तेल ८ लिटर, जुस फ्रुट १ लिटर, चनाको बेसन १ केजी, नमकिन २ केजी पनि जफत गरी नष्ट गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्