Logo

निर्वाचन प्रचारका लागि भएको प्रदर्शनमा १३ जनाको मृत्यु



Spread the love

१६ असोज,अफगानिस्तान – अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको निर्वाचन प्रचारप्रसारका लागि मङ्गलबार निकालिएको प्रदर्शनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन् ।

यही महिना हुने संसदीय निर्वाचनलाई लिएर यहाँका प्रतिद्वन्द्वीहरूबीच प्रचार अभियान शुरू भएकाे समयमा उक्त आत्मघाती आक्रमण भएको हो ।

गत हप्तादेखि निर्वाचनको औपचारिक अभियान शुरू भएको अवस्थामा भएको यो आक्रमण पहिलो आत्मघाती आक्रमण हो । लामो समयपछि मतदानका लागि आतुर अफगानीलाई घटनाले केही त्रसित बनाएको सरकारी अधिकारीको बुझाई रहेको छ ।

घटनामा ४० जनाभन्दा बढी मानिस घाइते भएका छन् । “नान्गाहार प्रान्तअन्तर्गतको एक क्षेत्रका उम्मेदवार अब्दुल नसीर मोहम्मदका समर्थक जम्मा भएको स्थानमा एक लडाकूले आत्मघाती आक्रमण गर्दा १३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्,” प्रान्तीय गभर्नरका प्रवक्ता अतोल्लाह खोग्यानीले भने ।

आक्रमणमा नेता मोहम्मदलाई केही भएको छैन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्