Logo

माटोको ढिस्कोले पुरिएर नौ बर्षिय बालिकाको मृत्यु



Spread the love

१७ असोज कंचनपुर – शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ बर्षिय जानकी बिष्टको माटोको ढिस्कोले पुरिएर मङ्गलबार मृत्यु भएको छ ।
चाडपर्वका लागे सँगै घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्को खसेर पुरेको थियो । उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्