Logo

काकीलाई जवरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ



Spread the love

१७ असोज,पाँचथर – देशमा पछिल्लो समय हत्या,हिंसा,बलात्कारका घटनाहरु एक पछि अर्काे गर्दै बढीरहेको बेला फेरी अर्को बलात्कारको घटना सार्वजानिक भयको छ । फिदिम नगरपालिका –१२ का २६ वर्षकी काकीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय सुमन केरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । काकीको कोठामा गएर रातको समयमा मोबाइलको फोटो देखाउने बहाना गर्दे काकीलाई जवरजस्तीकरणी गरी ति युवक फरार भएका थिए । पीडितको उजुरीको आधारमा खोजी गर्दा युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका युवकमाथि जवरजस्तीकरणी मुद्धा अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्