Logo

सहकारीमा लागेर व्यवसायिक बन्नुपर्नेमा जोड



Spread the love

15554806_1803528673193969_827321405_n

आजको बचत भोलिको सहारा भएकाले सहकारीमा लागेर व्यवसायिक बन्नुपर्नेमा एक कार्यक्रमका सहभागिताहरुले जोड दिएका छन् । उनीहरूले सहकारी बाट लिएको ऋणले व्यवसाय गर्न सके मात्र आर्थिक रूपमा सम्पन्न बन्न सकिनेमा जोड दिएका हुन् ।सल्यानको खलंगामा रहेको महिला आय आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

उनीहरूले सस्थाले बचत गर्ने र ऋण दिनुको साथ साथै गाउँ समाजको आर्थिक अवस्था मजवुद बनाउने खालका कार्यक्रम ल्याउनु पर्ने सुझाव दिएका थिए । कार्यक्रमका बक्ताहरुले पहिले महँगो ब्याजदरमा ऋण लिनु पर्ने भए पनि हाल संस्थामा आबद्ध भए पछि निकै सस्तो ब्याजदरमा ऋण पाएको तथा छिटो, छरितो र सजिलो भएको बताएका थिए ।

संस्था कि अध्यक्ष दिपा श्रेष्ठको अध्यक्षता आज सल्यानको खलंगामा सो साधारण सभा सम्पन्न भएको हो । महिला तथा बालबालिका कार्यालय सल्यानकी बिमला खत्रीकोे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेष्ठ नागरिक सेयर सदस्य डिल्ली हमाल र सक्रिय सदस्य शान्ता हमाललाई दोसल्ला औढाएर सम्मान गरिएको थियो ।

साधारण सभामा संस्था कि सचिव यमुना शाख्यले आर्थिक वर्ष २०७२/०७३ को आय ब्यय प्रस्तुत गरेकी थिइन । संस्थाले यस वर्ष १ लाख, २८ हजार, ७ सय २५ रुपैँया ९३ पैसा नाफा गरेको छ । संस्था कि सेयर सदस्य प्रतिमा बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्था कि सेयर सदस्य सोबिता बस्नेतले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्