Logo

आज रातिबाट डीभीको आवेदन खुल्दै, यसरी भर्न सकिन्छ ?



Spread the love

अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि आवेदन खुल्दै छ ।नेपालस्थित अमेरिकी दूताबासका अनुसार आज असोज १७ देखि आवेदन खुल्ने भएकोले नेपाली समयअनुसार राति ९:४५ बजेबाट भर्न सकिने छ । भने कात्तिकको २० गते राति १०ः४५ बजे बन्द हुनेछ। डीभी चिट्ठामा सहभागी हुन शुल्क लाग्दैन ।डीभी चिट्ठामा सहभागी चाहनेहरुले www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी  भिसा (ई.डि.भी) आवेदन फारम भर्न सक्नेछन्। डिभी भरिसकेपछि आवेदकले आफ्नो कम्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्नेछ।यसपटक भरिने डीभी चिट्ठाको छनोटको नतिजा ७ मे २०१९ देखि हेर्न पाइने  छ।

 

प्रतिक्रिया दिनुहोस्