Logo

पूर्व सांसदद्धारा इन्टरनेट सेवाको उद्घाटन



Spread the love

netra_lal

सल्यानको एक विद्यालयमा आज द्धन् वाई म्याक्स इन्टरनेट सेवाको उद्घाटन गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा न.ं ६ मदमकाँडामा रहेको बालशखा माद्यामिक विद्यालयमा सो इन्टरनेट सेवाको उद्घाटन गरिएको हो ।

सल्यान क्षेत्र नं. २ का पूर्व सांसद नेत्र लाल श्रेष्ठले आज उक्त इन्टरनेट सेवाको उद्घाटन गर्नु भएको हो । सो विद्यालयमा इन्टरनेट सेवा पूर्व सांसद श्रेष्ठले नै उपलब्ध गराएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रकाश शर्माको अध्यक्षता एवम् पूर्व सांसद नेत्र लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको प्राङगणमा भएको उद्घाटन कार्यक्रममा नेबिसंघ सल्यानका अध्यक्ष प्रकाश भण्डारी लगाएतकाले सम्बोधन गरेका थिए ।

विद्यालयमा द्धन् वाई म्याक्स इन्टरनेट सेवा जडान भए पछि विद्यालयका शिक्षक तथा करिब ७ सय विद्यार्थी लाभान्वित भएका छन् । विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर बलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भोला प्रसाद विष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्