Logo

मापदण्ड बिपरितका संरचना हटाउन शुरु



Spread the love

१७ असोज, भक्तपूर – डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्ग दायाँबायाँ मापदण्ड विपरीत बनाइएका संरचना हटाउन शुरु गरेको छ ।
सरकारले भक्तपुरको सूर्यविनायकदेखि काभे्रपलाञ्चोकको धुलिखेलसम्म ६ लेनको सडक बनाउने तयारी गरेसँगै सोमबारदेखि बनेपा नगरपालिका–१४ साँगा भञ्ज्याङबाट सडक दायाँबायाँका घरटहरा तथा अन्य संरचना हटाउन शुरु गरेकोे हो ।

साँगादेखि धुलिखेलसम्मका १५६ घरटहरा हटाइने जनाइएको छ । मङ्गलबार ४५ घरटहरा, इलाका वन कार्यालयको भवनसहितका संरचना भत्काइएको छ । आज पनि जनागालदेखि बनेपासम्मको १० घरटहरा, इलाका प्रहरी कार्यालय बनेपाको पर्खालसहितका संरचना भत्काइएको इप्रका बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले बताए ।

धुलिखेल नगरपालिकाका वडा नं ३, ४ र ६ मा ३१ घरटहरा भत्काइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । विसं २०३१ पहिले बनेका ५६ घरको मुआब्जा दिएर भत्काइने सडक विभागका डिभिजन इञ्जिनीयर गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । राजमार्गमा २५ मिटर अर्थात् ८२ फिट कायम हुने तथा बनेपा बजारको हकमा ७५ फिट मात्रै कायम गरिएको छ । सर्वोच्च अदालतको फैसलापछि बनेपा बजारमा भने ७५ फिट कायम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्