Logo

भियतनामको राष्ट्रपतिमा कम्युनिष्ट पार्टीका महासचिवको उम्मेद्वारी



Spread the love

१७ असोज, भियतानाम – भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन् ।

बुधबार उनले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिका लागि उनी मात्रै एक्लै उम्मेदवार बनेको समाचारमा जनाइएको छ । भियतनाममा उनलाई शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ ।

कम्युनिष्ट पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदबार बनाउने निर्णय गरेपछि उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनलाई तत्कालीन राष्ट्रपति डाई क्वाङको एक महिना अगाडि निधन भएपछि उम्मेद्वार बनाउने घोषणा गरिएको थियो ।

“उनलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने विषयमा पार्टीको केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरेको थियो,” पार्टीको आधिकारीक वेबसाइटमा लेखिएको छ ।

देशको राष्ट्रियसभाले उनको उम्मेद्वारीलाई स्वतः अनुमोदन गर्ने अपेक्षा गरिएको छ । पार्टी र सरकारको शक्तिशाली पदमा एकैपटक पुग्नेमध्ये उनी पनि एक भएका छन् ।

लामो राजनीतिक यात्रा गरेका ट्रोङ अहिले ७४ वर्षको भएका छन् भने उनले मुलुकलाई नयाँ तरिकाले अगाडि बढाउने कम्युनिष्ट पार्टीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्