Logo

गुल्मी मर्भुङ्गकी एक युवती ८ दिन देखि बेपत्ता



Spread the love

गुल्मी जिल्ला मालीका गाउँपालिका स्थित वडा नम्बर ८ की २९ वर्षीया युवती सिता मुखिया विगत ८ दिन देखि बेपत्ता छिन् ।

यही असोज ८ गते घरबाट साझ करिब साढे आठ बजे निस्केकी सिता लामो समय सम्म परिवार को सम्पर्कमा नआउँदा परिवार चिन्तित छ । सिताले १० कक्षा उतिर्ण पनि गरेकी छिन् । तर पछि उनको मानसिक अवस्था बिग्रँदै गएको परिवारले बताएको छ ।

सल्लेरी खबरसँग कुरा गर्दै सिताकी आमा तुलसा मुखियाले छोरीलाई खोजिदिन आग्रह गरेकी छिन् ।

परिवारले मर्भुङ्ग प्रहरी चौकीमा पनि निवेदन दिएको छ भने पत्रकार, समाजसेवी, बुद्धिजीवी सबैलाई खोजी कार्यमा विशेष पहल गरिदिन अनुरोध गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्