Logo

मालिका गाउँपालिकाको आयोजनामा २ दिने नि:शुल्क आँखा शिविर सम्पन्न



Spread the love

मालिका गाउँपालिकाको आयोजनामा २ दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । आज मालिका गाउँपालिकाको वडा नम्बर ७ स्थित घमिर स्वास्थ्य चौकीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो ।

आज आँखा शिविरबाट मालिका गाउँपालिकाका ३ सय ६६ जनाले सेवा लिएका छन् । जसमा ५५ जनामा मोतिबिन्दु भेटिएको छ । साथै ७० वर्ष भन्दा माथिका ४० जनालाई चस्मा वितरण गरिएको छ ।

साथै हिजो मालिका गाउँपालिकाकै वडा नम्बर २ स्थित दर्लिङ स्वास्थ्य चौकीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको थियो । उक्त शिविरमा २ सय ३० जनाको आँखाको परीक्षण गरिएको थियो ।

जसमा ३९ जनामा मोतिबिन्दु भेटिएको थियो । मोतिबिन्दु भएका सबैजनालाई गाउँपालिकाले आफ्नै खर्चमा नि:शुल्क अप्रेसन गराइदिने स्वास्थ्य संयोजक बसन्त भुसालले सल्लेरी खबरलाई बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्