Logo

गाउँपालिकाले अनाथ बालबालिका पढाउने र एकल पुरूषलार्इ मासिक भत्ता दिने



Spread the love

१८ असोज, डोटी – सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने र एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको छ ।
गाउँपालिका भित्र रहेका अनाथ बालबालिकालाई पढाई खर्च स्वरुप प्रति महिना रु १ हजार ५ सय प्रदान गर्ने गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकाको सो निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले जानकारी गराए । उनले भने “गाउँपालिकामा भएका अनाथ बालबालिकाको तथ्याङ्क सङ्कलन हुँदैछ, सबैलाई गाउँपालिकाले पढाउने निर्णय गरेका छौँ ।” यो सहयोगले आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाले राहत पाउने उनको दाबी छ ।

गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । ६० वर्ष उमेर पुगेका गैरदलित र ५० वर्ष उमेर पुगेका दलित एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुप प्रतिमहिना रु ५ सय गाउँपालिकाले दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्