Logo

जनताको चाहनाअनुसार सबैसँग सहकार्य गरेर काम गर्न आग्रह : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ



Spread the love

१९ असोज, स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय स्याङ्जामा कार्यकर्तासँगको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो दलसँग सम्बद्घ स्थानीय निकायका प्रमुखलाई निर्देशन दिँदै जनताको चाहनाअनुसार सबैसँग सहकार्य गरेर काम गर्न आग्रह गरेका छन् । एमाले र माओवादीबीच पार्टी एकता भएको एक वर्ष पुगे पनि पार्टी एकताले अझै पूर्णता पाउन बाँकी रहेको भन्दै प्रदेश इञ्चार्जसमेत रहेका गुरुङले पार्टी केन्द्रको निर्णयलाई आत्मसात् गरेर अघी बढ्नु पर्ने बताए ।                         

उनले अन्तरिम विधानअनुसार नै सातै प्रदेशका प्रदेश इञ्चार्ज तथा पदाधिकारी चयन भएकाले अब जिल्ला तथा स्थानीय तहलेसमेत पूर्णता पाउने बताएका छन् । कात्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण गर्ने र तल्लो तहमा पार्टी एकीकरण प्रक्रियालाई गति दिइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्