Logo

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ, ३ वर्ष जेल सजाय १२ करोड जरिवाना



Spread the love

१९ असोज, काठमाडौं- किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । अनुसन्धान टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो । उनी भारतबाट पक्राउ परेको जानकारी संचारकर्मीलाई दिए पनि प्रहरीले विस्तृत जानकारी भने दिएको छैन ।

ज्ञवाली र उनको समूहमाथि प्रहरीले ६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार
भएका थिए ।

०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय रु. १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे । अदालतले फैसला सुनाए पनि फरार रहँदै आएका ज्ञवाली २ वर्षपछि भने प्रहरीको फन्दामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्