Logo

दाङमा आमाछोरीको शव फेला पर्‍यो, हत्याको आशङ्का



Spread the love

१९ असोज, दाङ– दाङमा आमाछोरीको शव मृत अवस्थामा फेला परेका छन् । बबई गाउँपालिका वडा नं. ४ हसनापुरकी २४ वर्षीया सरस्वती पुन मगर र उनकी तीन वर्षीया छोरी कृतिका पुन मगर मृत फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

आमाको शव झुण्डिएको र छोरीको शव नजिकै खोल्सामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय सितलगौरा सामुदायिक वनमा बिहीबार बेलुका  उनिहरुको शव फेला परेको ईप्रका खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । स्थानीय एक व्यक्तिले बिहीबार साँझ ५ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव सड्ने अवस्थामा रहेकाले ४/५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक चौधरीले बताए । आफन्तले भने हत्या भएको हुन सक्ने भन्दै शव उठाउन नमानेको प्रहरीले बताएको छ ।
असोज १३ गते शनिबार माईतिघर रोल्पा जान भनी हिँडेकी आमाछोरी लामो समय सम्म पनि सम्पर्कमा नआएको आफन्तले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्