Logo

वोक्सी भगाउन भन्दै अमानविय व्यवहार गर्ने चार जनालाई ५० हजार सहित ५ वर्ष कैद



Spread the love

salyan-jilla-adalat

सल्यानको कुपिण्डेदहकी एक महिलालाई अमानविय व्यवहार गर्ने चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ ।

कुपिण्डेदह–४ ज्यामिरेकी २० वर्षिया एक महिलालाई अमानविय व्यवहार गर्ने सोही ठाउँका रुपलाल दमाई, पातली बुढा, पिमकली बुढा र कुपिण्डेदह ५ की ४५ वर्षीय ललि पुनलाई ५ वर्ष कैद र जनहि ५० हजार रुपैँयाको फैसला सुनाएको जिल्ला अदालत सल्यानका निमित्त श्रेष्तेदार हरि राम्जाले जानकारी दिए  ।

बिरामी परेकी ती महिलालाई गएको जेठ २४ गते वोक्सी लागेको र भगाउने भन्दै निको बनाउने बहानामा मण्डलीमा राखेर सिस्नोले हानेको, दिसा खुवाएको तथा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका थिए । जेठ २४ गते घटना भएको भएपनि पीडित महिलाको अवस्था नाजुक बन्दै गएपछि परिवारले ढिलोगरी साउन ५ गते मात्रै घटना सार्वजनिक गरेको थियो ।

घटनापछि प्रहरीले अमानविय व्यवहार गरेको आरोपमा गएको साउन ६ गते ५ जनालाई पक्रेको थियो । जिल्ला न्यायधिश माधवेन्द्र राज रेग्मीको इजलासले सोही घटना मा संलग्न रहेको आरोप लागेकी २१ वर्षिया रुपा थापालाई भने सफाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्