Logo

स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ: पाण्डेय



Spread the love

१९ असोज, पाल्पा – उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, पाल्पाद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई रैनादेवी छहरामा सम्बोधन गर्दै उनले जनप्रतिनिधिले जनहितका काम गर्नुपर्ने विचार व्यक्त गरेका हुन्।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले चुनावका बेला जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए ।
नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ५ का सदस्य तुलाराम घर्तीमगरले पार्टी बलियो नभए सरकार बचाउन नसकिने बताए । प्रदेश सदस्य नारायण आचार्यले पार्टीले गरेका राम्रा कामको कार्यकर्ताले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपाका रैनादेवी छहराअन्तर्गतका अगुवा कार्यकर्ताले नेकपाले सामाजिक विकृतिको अन्त्य गरी व्यवस्थित पार्टी बनाउनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्