Logo

लिभरपुल कलेज एलुमुनाई एशोसियशनद्वारा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण



Spread the love

ललितपुरको ईमाडोलमा रहेको ग्लोरी चिल्ड्रेन होमलाई आज एक कार्यक्रमका माझ करिब १५,००० बराबरको शैक्षिक सामाग्री उक्त एशोसियशनले गरेको हो । शैक्षिक सामाग्रीहरूमा कपि, कलम, पेन्सिल, इरेजर, कलर बकस, जोमेटी बकस आदि सामानहरू वितरण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि लिभरपुल कलेजका प्रबन्ध निर्देशक जयराम थापाको थियो भने सभापति एशोसियशनका अध्यक्ष अभिषेक तिवारी रहेका थिए ।

 

प्रमुख अतिथि जयराम थापाले ग्लोरी चिल्ड्रेन होमलाई थप सहयोग नगद रु ५,००० गर्दै आमा, बुवा नभएका ९ जना बालबालिकाहरूलाई पालन पोषण गर्दै आएको उक्त संस्थाको प्रशंसा गरेका थिए ।

सल्लेरी खबरलाई एशोसियशनका अध्यक्ष अभिषेक तिवारीले,आगामी दिनहरूमा थप नयाँ सामाजिक कार्यक्रम गर्दै जाने र आमा बुवा नभएका बालबालिकाहरूलाई सबै मिलेर सहयोग गर्नु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्