Logo

मालिका गाउँपालिकाका कर्मचारीले तीन महिना देखि तलब पाएनन्



Spread the love

गुल्मीको मालिका गाउँपालिकाका कर्मचारीले झन्डै तीन महिना देखि तलब पाएका छैनन् ।

लामो समय देखि पारिश्रमिक नपाउँदा समस्या परेको मालिका गाउँपालिकामा कार्यरत कर्मचारीले गुनासो गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा समेत तलब नपाउँदा कर्मचारीहरू चिन्तित छन् ।

गाउँपालिकाका सूचना अधिकृत जगत पौडेलले सल्लेरी खबरलाई भने “नयाँ आर्थिक वर्ष सुरु भएपछि कार्यालयको नाममा फेरि खाता सञ्चालन गर्नुपर्छ र त्यो खाता सञ्चालन गर्न बजेट लगायत रातो किताब तयार गरेर कोष तथा लेखा नियन्त्रणमा पेस गर्नुपर्छ त्यो प्रक्रियाले गर्दा ढिलो भएको हो।”

तीन महिना बित्न लाग्दा पनि किन प्रक्रिया ढिला ? भन्ने सल्लेरी खबरको प्रश्नमा पौडेल ले भने “रातो किताब बनाउँदा समय लाग्यो तर अब केही समय दिन भित्र सबै कर्मचारीले तलब पाउनुहुन्छ।”

मालिका गाउँपालिकामा करिब ८६ जना कर्मचारी कार्यरत रहेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्