Logo

फेसबुकमा महिलाको नग्न तस्बिर राख्ने युवा पक्राउ



Spread the love

२१ असोज, जनकपुर- फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गर्ने २० वर्षीय दिवश कामतलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१० का कामतले महिलाको नग्न फोटो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कामतले फेक आइडी बनाएर फेसबुक मार्फत केही समय अघिदेखि महिला साथीसँग कुरा गर्दै आएका थिए । च्याटकै क्रममा उनले महिलासँग अनैतिक सम्बन्धका लागि दबाव दिन थाले । महिला त्यसको लागि तयार नभएपछि उनको नग्न तस्बिर सार्वजनिक गरेको प्रहरिले जनाएको छ ।

पीडित महिलाले कामत विरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए ।उनी विरुद्ध साइबर क्राइम अन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्