Logo

जमाना खराब छ



Spread the love

buddiman_basnet

अफिस जाँदै थिएँ, बाटोमा मान्छेहरुको
ठुलै भिड देखियो-कारण भर्खरै एउटा गाडी
ले सडकमा कुकुरलाई ठक्कर दिएर मारी
दिएको रहेछ ।
…………
कुकुर धनि चाहि अरिङ्गालले चिले जसरी
उफ्रि उफ्रि बोलि रहेका थिएँ । पचास हजार
.एकलाख जस्ता शब्दहरु क्षतिपुर्तिको प्रसँग
मा ओइरिरहेका थिए ।तत्कालै नारा लाग्न
शुरु गरिहाल्यो – फलानो सरकार राजिनामा
दे ! – राजिनामा दे, राजिनामा दे !!
……….
आजकल जुग जमाना ठिक छैनन् । कदाचित
कुकुर मालिक र तिनका आफन्तहरुले कुकुर
लाई “जनावर शहिद” घोषणा गर- भनेर चक्का
जाम गरिदिए भने त वर्वादै हुन्छ ……
सानो साइड मिले पछि झटपट मैले आफ्नो
बाइकलाई कुदाएँ ।

प्रतिक्रिया दिनुहोस्