Logo

सुदूरपश्चिममा बढी राजश्व सवारी साधनबाट



Spread the love

२१ असोज, धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढी राजश्व सवारी साधनबाट प्राप्त गर्ने अनुमान गरेको छ ।

सो शीर्षकमा एक आर्थिक वर्षमा रु ४० करोड ४२ लाख राजश्व सङ्कलन हुने आज मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तक्र्रियामा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभयो । यस्तै घरजग्गा रजिष्ट्रेशनमा रु ३९ करोड ९३ लाख, दण्ड, जरिवाना, जफत शीर्षकमा रु तीन करोड तथा अन्य विविध शीर्षकमा रु छ करोड राजश्व सङ्कलन हुने अनुमान गरिएको छ ।

मन्त्री बोहराले चालू आवको साउन र भदौमा राजश्व सङ्कलन सन्तोषजनक रहेको बताउनुभयो । दुई महीनाका अवधिमा घरजग्गा रजिष्टे«शनवापत रु पाँच करोड चार लाख र सवारी साधनमा रु चार करोड २५ लाख सङ्कलन भएको छ ।

राजश्व वृद्धिका लागि करको दायरा बढाउने, चुहावट कम गर्ने लगायत प्रयास मन्त्रालयले गरिरहेको छ । आम्दानीका स्रोत कम भएकाले राजश्वको ठूलो हिस्सा केन्द्रमा निर्भर हुनुपर्ने अवस्था प्रदेश सरकारलाई छ । देशको कूल राजश्वमध्ये निकै कम राजश्व सुदूरपश्चिम प्रदेशबाट सङ्कलन हुने गरेको छ । प्रदेश सरकारले अहिले घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी कर, प्रदेश सेवा शुल्क, कृषि, मनोरञ्जन, विज्ञापन, दण्डजरिवाना, जफतलगायत शीर्षकमा राजश्व सङ्कलन गरिरहेको छ । यीमध्ये कतिपय शीर्षकमा सङ्कलित राजश्व प्रदेश र स्थानीय सरकारबीच बाँडफाँट हुनेछ ।

आजै सुदूरपश्चिम प्रदेश सरकारले जारी प्रदेशसभाको वर्षे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्