Logo

आन्दोलनरत राहत शिक्षकलाई वार्ताका लागि आह्वान



Spread the love

२१ असोज, काठमाडौँ – सरकारले आन्दोलनरत राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्ताका लागि आह्वान गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव तथा वार्ता टोलीका संयोजक सूर्यप्रसाद गौतमले आज विज्ञप्ति जारी गरी राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गरे ।

उहाँ अनुसार आन्दोलन पक्षलाई सोमबार बिहान ८ बजे भक्तपुरको सानोथिमिस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा वार्ताका लागि बोलाइएको छ । उहाँले आन्दोलन पक्षलाई नेपाल शिक्षक महासङ्घ, शैक्षिक संवाद तथा समन्वय समितिसहित तीन जनाको वार्ता टाली गठन गरी वार्तामा आउन भनिएको छ ।

राहत शिक्षक सङ्घर्ष समितिले राहत शिक्षकलाई प्रक्रिया पु¥याई स्थायी गर्नुपर्ने माग राखी आन्दोलन गर्दै आएका छन् । आज पनि उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म सङ्घीय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकको पेशागत सुनिश्चिताका लागि नीतिगत व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्