Logo

आमरण अनशनमा कैदी



Spread the love

२२ असोज, पर्शुराम – जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आजदेखि आमरण अनशन थालेका छन् ।

डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देवीसिंह ऐरले ७ बुँदे माग राखेर आमरण अनशन शुरु गरेका हुन् । चालचलन ठिक भएका तथा सुधारोन्मुख अवस्थामा रहेका कैदीबन्दीलाई ६० प्रतिशत माफी मीनाहाको पुरानै व्यवस्थालाई यथावत राखी लागू गरिनुपर्ने, प्रहरी सङ्गठनमा मौलाउदै गएको भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने, फैलसामा हुने ढिलासुस्ती रोक्नुपर्ने र निर्दोषी फसाउने क्रियाकलापमा नियन्त्रण गरिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेको साउदले बताए ।

कैदीबन्दीको भरणपोषण भत्ता रु ६० बाट वृद्धि गरी प्रति दिन रु १०० को व्यवस्था गरिनुपर्ने, कारागारभित्रै श्रम गर्न पाउने गरी रोजगारीको व्यवस्था गरिनुपर्ने, खुला कारागार नीतिलाई कार्यान्वयन गरिनुपर्ने र सशस्त्रद्वन्द्वबाट प्रभावितलाई फर्जी मुद्दा चलाइ बन्दी बनाइएकालाई आममाफी दिएर कैदमुक्त गरिनुपर्ने माग समेत राखिएका छन् । अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि मनोसामाजिक अपराधको उत्पत्ति गराउने तत्वहरु विरुद्ध सचेतना शिक्षा अभियान सञ्चालन गरिनुपर्ने कैदी बोहराले बताए ।

जिल्ला कारागारमा औषधोउपचार खर्च २५ जनाका लागि मात्रै आउने भएकाले हाल कारागारमा पुरुष कैदीबन्दी ५१ जना रहेको कारागार प्रमुख शिवराज भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्