Logo

करिब २ हजारले गुमाए इन्डोनेसियामा ज्यान



Spread the love

२२ असोज, जाकार्ता – इन्डोनेसियामा केही दिन अगाडी आएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या करिब २ हजार पुगेको छ।

अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्प र सुनामीमा परी अझै पनि ५ हजार जना बेपत्ता नै रहेको जनाएका छन् ।

इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत सेप्टेम्बर २८का दिन शक्तिशाली भूकम्प र सुनामी आएको थियो । बेपत्ता हुनेहरूको सङ्ख्या ठूलो रहेको र खोजी तथा उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेहरूको सङ्ख्या अझै बढ्ने अधिकारीहरूले बताएका छन् ।

घटनामा परी अरु हजारौँ घाइते भएका छन् भने ठूलो मात्रामा भौतिक क्षति भएको छ । भौतिक संरचनाहरु ध्वस्त भएकाले ठूलो संख्यामा स्थानीय बासिन्दा विस्थापित भएका छन् ।
स्वास्थ्य संस्थाहरुमा समेत अत्यधिक असर परेकाले स्वास्थ सेवा प्रवाहमा पनि असर परेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्