Logo

CSIT Association of Nepal-Butwal को पहिलो साधरणसभा सम्पन्न



Spread the love

असोज २२ – सल्लेरी खबर ।

CSIT Association of Nepal-Butwal आज वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्प्युटर विज्ञान तथा सूचना प्रविधि क्षेत्रमा दक्ष एवं अनुभवी व्यक्तिहरूलाई एउटै छाता संघठनमा आवघ्ह गराइ मुलुकको वर्तमान कम्प्युटर विज्ञान तथा सूचना प्रविधि क्षेत्रमा नौलो आयमका साथ अघि बढ्ने उद्देश्य सहित २०७४ कार्तिक १७ गते अनौपचारिक रूपमा स्थापना गरिएको संस्था मिति २०७४ मङ्सिर २ गतेदेखि औपचारिक रूपमा सञ्चालन भएको थियो । साथै यस संस्थाले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

बुटवलमा भएको कार्यक्रममा CSIT Association of Nepal-Butwal का अध्यक्ष प्रताप न्यौपानेले वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यसै गरी CSIT Association of Nepal-Butwal का कोषाध्यक्ष महेश गैरेले वार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै CSIT Association of Nepal का उपाध्यक्ष शिशिर श्रेष्ठ, CSIT Association of Nepal का सचिव अग्रणी अमात्य, CSIT Association of BMC का अध्यक्ष राजेश गौतम,बुटवल कोडर गर्ल्सकी उपाध्यक्ष आरती पराजुली, नेपथ्य स्टुडेन्ट कोउन्सिल्सका अध्यक्ष तिलक पौडेल लगायतले आफ्नो मन्तव्य रखेका थिए ।

साथै आजकै कार्यक्रममा CSIT Association of Nepal-Butwal को नयाँ कार्यसमिति पनि गठन गरिएको छ । जसमा अध्यक्ष प्रदीप भट्टराई, उपाध्यक्ष बिनिता ज्ञवाली र विशाल बस्याल, सचिव शिला अर्याल, सहसचिव महेश गैरे र नारायण अधिकारी ,कोषाध्यक्ष लक्ष्मण न्यौपाने अनि सदस्यहरू प्रतिमा गैरे, अच्युत गौतम, सिन्धु अर्याल, गणेश भण्डारी, मनोज पोख्रेल, पूजा कार्की, सन्दीप पोख्रेल रहेका छन ।

CSIT Association of Nepal-Butwal का अध्यक्ष प्रताप न्यौपानेको सभापतित्व, CSIT Association of Nepal का उपाध्यक्ष शिशिर श्रेष्ठको प्रमुख आतिथ्यता, CSIT Association of Nepal का सचिव अग्रणी अमात्य, CSIT Association of BMC का अध्यक्ष राजेश गौतम, बुटवल कोडर गर्ल्सकी उपाध्यक्ष आरती पराजुली, नेपथ्य स्टुडेन्ट कोउन्सिल्सका अध्यक्ष तिलक पौडेल लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रमको सञ्चालन CSIT Association of Nepal-Butwal सचिव शिला अर्यालले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्