Logo

सर्टि्फिकेट सिरानी हालेर सुत्नपर्ने बाध्यताको अन्त्य हुन्छ- मन्त्री बराल



Spread the love

२३ असोज, गुल्मी- प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले सरकारले दिने शैक्षिक कर्जाबारे महत्वकाङछी योजनालाई प्राथमिकता दिईने बताएका छन । उनले अब ठूला क्याम्पस र कलेजमा पढेर पनि सर्टि्फिकेट सिरानी हालेर सुत्नपर्ने बाध्यताको अन्त्य हुने बताएका छन् ।

सोमबार गुल्मीको ईश्मा गाउँपालिका-२ को पालुखा माध्यमिक विद्यालयलाई कक्षा ११ र १२ सञ्चालनका लागि आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले सर्टि्फिकेट भएर पनि केही नभएको मान्छे जस्तो निरिह भएर हिडनुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन् ।

मन्त्री बरालले युवाहरुलाई छिट्टै नै सरकारले स्वदेशमै रोजगारिको अवसरहरु श्रीजना गरिने पनि बताए । उनले भने सरकारले अहिले त्यससम्बन्धी गृहकार्य गरिरहेको र बैंकहरुसँग छलफल भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्