Logo

मुस्ताङबाट मात्रै १६ हजार भेडाच्याङ्ग्रा बिक्री



Spread the love

२३ असोज, मुस्ताङ – नजिकिदै गरेको चाड दशैंको लागि भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । मुस्ताङबाट मात्रै १६ हजार भेडाच्याङ्ग्रा बिक्री भईसकेको स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा.शिव भुसालले जानकारी दिएकाछन् ।      

दशैंको लागि मात्रै करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको र १ हजार च्याङ्ग्रा काठमाडौँ लैजाने तयारीमा रहेको जोमसोम स्थित कार्यालयका प्रमुख गङ्गाप्रसाद शाहले बताएका छन् ।

मुस्ताङमा एउटा च्याङग्रा १७ हजारदेखि २२ हजार तथा भेडा १४ हजारदेखि १७ हजारका दरले खरिद बिक्री भइरहेको र प्रतिकिलो रु ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडौंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ६५० का दरले बिक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्