Logo

पेट्रोल पम्पमा सिलबन्दी



Spread the love

२३ असोज, कलैया – गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले आज बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र कलैया उपमहानगरपालिका वडा नं १३ स्थित विजय आयल स्टोरमा सिल गरिएको क्षेत्रीय कार्यालयका प्रमुख शशिकान्त यादवले जानकारी दिए ।

अमित आयलले विसं २०७१ देखि जाँच नगराएको र १० लिटर पेट्रोलमा ३०० एमएल कमी भएको तथा पल्सर गेयरमा समेत सिल नभएको हुँदा बाध्य भई नोजल सिल गरिएको प्रमुख यादवले जानकारी दिए ।

त्यसैगरी, विजय आयलको डिजलमा समेत घटी भएको पाइएकाले त्यसलाई सिल गरिएको उनले बताए । के–कति कारणले तेल कमी भएको हो, त्यस सम्बन्धमा अनुसन्धान भइरहेको क्षेत्रीय प्रमुख यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्