Logo

बेहोस् बनाई लुट्ने दुईजना पक्राउ



Spread the love

२४ असोज, चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले दुई जना लुटेरालाई पक्राउ गरेको छ् । मंगलवार विभिन्न स्थानबाट उनिहरुलाई बेहोस बनाउने औषधि, इन्जेक्सन, टर्च, जुसको बोतल सहित पक्राउ गरिएको हो । उनिहरुले यी औजारहरु प्रयोग गरेर वेहोस् बनाई लुटपात गर्दै आईरहेका थिए ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भएका ४९ वर्षीय हरि गोले र कास्की, माछापुच्छ्रेका ‘गोपाल’ भनिने कालु परियार रहेका छन । पत्रकार सम्मेल्लन गरी उनिहरुलाई सार्वजनिक गरेको प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्