Logo

बारामा दुईवटा पेट्रोल पम्प सिल्बन्दी



Spread the love

२४ असोज, वीरगञ्ज- बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल भएका छन । गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र कलैया उपमहानगरपालिका वडा नं १३ स्थित विजय आयल स्टोरमा सिल गरेको क्षेत्रीय कार्यालयका प्रमुख शशिकान्त यादवले जानकारी दिए ।

अमित आयलले विसं २०७१ देखि जाँच नगराएको र १० लिटर पेट्रोलमा ३०० एमएल कमी भएको तथा पल्सर, गेयरमा समेत सिल नभएको हुँदा बाध्य भई नोजल सिल गरिएको प्रमुख यादवले जानकारी दिनुभयो । त्यसैगरी विजय आयलको डिजलमा समेत ठगी भएको पाइएकाले त्यसलाई सिल गरिएको उनले बताए । के–कति कारणले तेल कमी भएको हो, त्यस सम्बन्धमा अनुसन्धान भइरहेको क्षेत्रीय प्रमुख यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्