Logo

सात नम्बर प्रदेशमा मन्त्रीको संख्या आठ !!



Spread the love

२४ असोज, धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री परिषद बिस्तार गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६८ बमोजिम आज मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

विस्तारित मन्त्रिपरिषद्मा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रदेशसभामा निर्वाचित सदस्य प्रकाश रावल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । रावल नेकपाका सांसद् हुन् ।

नवनियुक्त राज्यमन्त्री रावलले हिजो नै मुख्यमन्त्री भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । नौ महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद् आज विस्तार भएसँगै सुदूरपश्चिम प्रदेश सरकारमा एक राज्यमन्त्री सहित मन्त्रीको सङ्ख्या आठ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्