Logo

यूएईमा नेपालीलाई ५ बर्ष जेल र २ लाख दिराम ब्लडमनी



Spread the love

२४ असोज, काठमाडौं- यूएईको सर्वोच्च अदालतले एक नेपालीलाई ५ बर्ष जेल सजाय सुनाएको छ । सँगै उनलाई २ लाख दिराम ब्लडमनिको फैसला पनि सुनाएको छ । फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई अदालतमा उपस्थित गराइएको थियो । अहिले जोशिलाई अबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् । फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो । सर्वोच्चको पूर्ण इजलासले फैसला सुनाएको हो । जोशी सुपरभाइजरका रुपमा त्यहास्थित एक कम्पनीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्