Logo

सल्यानमा सडक अतिक्रमण, घर बनाउने कार्य तीव्र



Spread the love

15725551_1806435782903258_1453323348_o

सल्यानको सल्लीवजारमा सडक अतिक्रमण गरी घर बनाउने कार्यले तीव्रता लिएको छ । सडकले मापडण्ड नतोक्दा सडक नै मिचेर धमाधम घर निमार्ण गर्ने कार्यले तीव्रता लिएको हो ।

सडक डिभिजन कार्यलय सुर्खेतका अनुसार सबै शहरीकरण भएका ठाउँहरूमा २१ देखि ३० मिटरको सडक चौडाको मापदण्ड रहेको छ । तर सल्लीवजार लगायत आसपासका स्थानीय वजारहरुमा भने ९ मिटर भन्दा बढी सडक चौडा नभएको पाइएको छ । सडक मिचि घर निमार्ण हुदाँ समेत सडकले आफ्नो सीमा निर्धारण नगर्दा भविष्यमा समस्या हुने स्थानीय व्यापारी घन बहादुर पुनले बताउनु भयो ।

बजार स्थापना भएको १ दशक भन्दा बढी भैसक्दा समेत सडकले बजार क्षेत्रमा आफ्नो मापदण्ड कायम नगरी सडकको स्तरउन्नती गर्ने काम सुरु गरेको छ । यता सडकले मापदण्ड तोके पछि घर निमार्ण गरुलौ भनेर समय कुर्दा कुर्दा ढिला भए पछि आफुहरुले धमाधम घर निमार्ण गर्न थालेको स्थानीय ब्यापारीहरुको भनाई छ ।

साघुरो सडक त्यसैमा पनि वाक्ला घरहरूले भरिभराउ सल्यानको सल्लीवजारमा साँघुरो सडकका कारण दुर्घटनाको जोखिम पनि उस्तै रहेको छ । सडक साँघुरो र पछिल्लो समय घर निमार्णधिन सामग्रीले सडक भरी भराउले गर्दा मानिस तथा यातायातका साधनलाई समेत आवत जवातमा कठिनाइ हुने गरेको यातायात ब्यबसायीहरुको भनाई छ ।

सडक डिभिजन कार्यालय सुर्खेतलाई आफ्नो मापदण्ड कायम गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको बजारबासीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्