Logo

राप्ती अञ्चल अस्पतालमा उपचार सहज



Spread the love

२५ असोज, दाङ- राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञ सहित थप चार चिकित्सक उपचारमा खटिदा सर्वसाधारणलाई सजिलो भएको छ । यसअघि अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो ।

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत शल्यक्रिया विशेषज्ञ डा. जनार्दन पन्थी सरुवा भएर राप्ती अञ्चल अस्पताल आएका हुन । यस्तै स्वास्थ्य सेवा विभागले थप दुई चिकित्सकलाई अञ्चल अस्पतालमा पठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाले समेत एक चिकित्सकको व्यवस्था गरेको छ ।

लामो समयसम्म रिक्त दरबन्दीमा नौ जना नर्सहरुले सेवा दिईरहेका अस्पतालका निमित्त प्रमुख डा. सर्वेश शर्माले जानकारी दिए । “अब अस्पतालको सेवा थप प्रभावकारी बन्छ,” उनले भने ।

विशेषज्ञ चिकित्सक नहुँदा सामान्य बिरामीलाई समेत अन्य अस्पताल पठाउनुपर्ने बाध्यता थियो । सल्यान, रोल्पा लगायतका ठाउँबाट आउने बिरामीहरु काठमाडौं अथवा नेपालगन्ज जानुपर्ने वाध्यता थियो । अहिले केही हदसम्मा भए पनि उपचार सहज भएको छ । डा. शर्माले भने “ अझै बिरामीको चाप अनुसार थप चिकित्सक भित्र्याउने तयारीमा छौँ ।”

प्रतिक्रिया दिनुहोस्