Logo

माटोको ढिस्कोमा पुरिएर ४ बालिका घाइते : एककाे अवस्था गम्भिर



Spread the love

२५ असोज, महोत्तरी – दशैँको बेला घर लिपपोत गरेर झकीझकाउ बनाउनुपर्ने भन्दै आज बिहान गाउँमै रहेको नदीको किनारमा माटो ल्याउन गएका औरही नगरपालिको ४ बालिका ढिस्कोमा पुरिएर घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव र ८ वर्षीया छोरी वसन्ती यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताएका छन् ।

घाइते मध्य १० वर्षीया बालिका मन्तोरिया साहको अवस्था भने गम्भिर रहेकोले उनलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ । अन्य तीन जना बालिकाको उपचार गाउँकै एक निजी क्लिनिकमा भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्